Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १३ बिहीबार १६:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गरिब र श्रमिक वर्गलाई केन्द्रित गरेर सहयोग र राहत प्याकेज ल्याउन माधव नेपालको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १३ बिहीबार १६:३७:००

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरिब र श्रमिक वर्गलाई केन्द्रित गरेर सहयोग र राहत प्याकेज ल्याउन माग गरेका छन् । नेपालले बिहीबार अपिल जारी गर्दै भनेका छन्, ‘गरिब तथा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरू र श्रमिक वर्ग प्रताडित हुने हुँदा उनीहरूलाई केन्द्रित गरेर आवश्यक सहयोग र राहत प्याकेज ल्याउन माग गर्दछु ।’

नेपालले तत्काल आवश्यक परिमाणमा भ्याक्सिनको प्रबन्ध गर्न सरकार एवं सम्बन्धित निकायसँग माग पनि गरेका छन् । नेपालले मानवीय संकटको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष सहयोगका लागि अपिल पनि गरेका छन् । 

नेपालले कोरोना नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन र देशभर निःशुल्क पिसिआर परीक्षणको व्यवस्था सम्बन्धित निकायहरूको समन्वयमा गर्न जरुरी रहेको औँल्याएका छन् । होम आइसोलेसनलाई सहर र गाउँ दुवैमा व्यवस्थित बनाउन जरुरी रहेको भन्दै नेपालले संस्थागत तवरमा आइसोलेसन केन्द्रहरू बनाउन आह्वान पनि गरेका छन् । 

कोरोना महामारीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपालले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सम्पूर्ण संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामनासहित उपचारमा कुनै कमी हुन नदिन नेपाल सरकारसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । संक्रमणलाई थप फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउन पनि नेपालले अनुरोध गरेका छन् ।