मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस 
२०७५ फाल्गुण ६ सोमबार १५:२२:००
Read Time : < 1 मिनेट
समाचार

गाँजा सङ्कलन गर्ने आठ जना पक्राउ

Read Time : < 1 मिनेट
रासस 
२०७५ फाल्गुण ६ सोमबार १५:२२:००

गाँजा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट आठ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिकाका करिब ४७ वर्षीय जगदेव माझी, ४६ वर्षीय मागर माझी, ४५ वर्षीय ढोडा माझी, ४० वर्षीया भगवती माझी, ३७ वर्षीया रोहनी माझी, ३५ वर्षीया लालमती माझी, ३६ वर्षीया टैती माझी र ३२ वर्षीया कुसुनी माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । 

केही दिनअघि क्यानेश्वर आएर गाँजा प्रशोधनका लागि गाँजा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरीएकाे थापाले बताए । 

उनीहरुको साथबाट ३३८ बोट गाँजा पनि बरामद भएकाे छ । प्रहरीले केही समयअघि फडानी गरेका गाँजा सङ्कलन गर्न उनीहरुको टोली आएको प्रहरीले जनाएकाे छ । 

प्रहरीले गाँजा फडानीपछि हरियो नष्ट गरेकाे गर्न सकेकाे थिएन् । नष्ट हुन नपाएका गाँजा खोजी गर्दै उनीहरुले सङ्कलन गरेको पाइएकाे थापाले बताए । पक्राउ परेका सबै विरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएकाे छ । 

मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न स्थानमा लगाएको अवैध गाँजा फँडानी गर्न प्रहरीले मङ्सिर १ गतेदेखि अभियान नै चलाएको थियो । अभियानका क्रममा एक सय २१ बिगाहाको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
–––