मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार १४:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

दुर्घटनामा घाइते भएका सिडिओ भट्टराईको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार १४:४१:००

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा निधन भएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे हाे ।

गत १२ माघमा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल र भट्टराई चढेको गाडी बाराको पथलैयामा ट्याक्टरसँग ठोक्किएको थियो । उनीहरु चढेकाे ना १ झ १६३३ नम्बरको गाडी दुर्घटना हुँदा एसपी पोखरेलको घटनास्थलमै निधन भएको थियो, भने भट्टराईलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।