गैंडाको आक्रमणबाट घाइते भएका नवलपुरको देवचुली नगरपालिकाका ३ को तीन जनालाई चितवन राष्ट्रिय निकुञ्जले राहत रकम वितरण गरिएको छ । घाइतेलाई राहत स्वरुप चार लाख उन्नाईस हजार तीन सय २१ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
गैंडाको आक्रमणबाट घाइते भएकी सिता लम्साललाई उपचार खर्च वापत एक लाख ६ हजार ६० रुपैयाँ प्रदान गरिएको छ । साथै, आक्रमणबाट घाइते भएका दिलबहादुर विकलाई उपचार खर्चको राहत स्वरुप २ लाख रुपैयाँ र शीर्षक भण्डारीलाई एक लाख १३ हजार दुई सय ६१ रुपैयाँ प्रदान गरिएको शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लिलाधर अधिकारीले जानकारी दिए ।