मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ १२ बुधबार १५:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दूधकोसीमा नुहाउन गएका प्रहरी हवल्दार तीन दिनदेखि  बेपत्ता

Read Time : < 1 मिनेट
२०७८ जेठ १२ बुधबार १५:१९:००

भोजपुरको आमचोक गाउँपालिकास्थित बालंखा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रोशन श्रेष्ठ तीन दिनदेखि बेपत्ता भएका छन् । उदयपुरको चौदण्डी नगरपालिकाको सिमानामा पर्ने रानीटार सीमानाकामा कोरोना नियन्त्रणका लागि खटिएका श्रेष्ठ सोमबार दिउँसो २ बजे नुहाउन दूधकोसी नदीमा गएको  र त्यसपछि सम्पर्कमा नआएको   प्रहरी चौकी बालांखाले जनाएको छ । 

आमचोक गाउँ  गाउँपालिकाका अध्यक्ष अशोक राईका अनुसार कोभिड– १९ नियन्त्रण अभियानको क्रममा रानीटार भोजपुर खण्डमा स्वास्थ्यकर्मीसहितको हेल्प डेक्समा उनी खटिएका थिए । सो सिमानामा गाउँपालिकाले सुरक्षाकर्मी, जनप्रतिनिधि र स्वास्थयकर्मीसहितको टोली खटाइएको छ ।

गाउँपालिकाको समन्वयमा उनको खोजी भइरहे पनि हालसम्म फेला परेका छैनन् । मंगलबार सशस्त्र प्रहरीको गोताखोर टोलीले दिनभर खोजी गरेको थियो । तर, हालसम्म उनको शव नभेटिएको अध्यक्ष राईले जानकारी दिए । सप्तरीको कञ्चनरूप नगरपालिका रुपनी घर भएका उनी एक वर्षदेखि भोजपुरको बालंखामा कार्यरत थिए ।