मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ १२ बुधबार ११:५९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आज २५६५औँ बुद्धजयन्ती : लुम्बिनीमा जे देख्यौँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ जेठ १२ बुधबार ११:५९:००

२५६५औँ बुद्धजयन्ती सामान्य कार्यक्रम गरी बुधबार लुम्बिनीमा मनाइएको छ । कोरोनाको महामारीका कारण भौतिक दूरी कायम गरी कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए । कोषले २५६५ वटा दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रूपमा बुद्धजयन्ती मनाएको शाक्यले जानकारी दिए । 

कोरोना महामारीका कारण लुम्बिनी विकास कोषले विभिन्न गुम्बा, विहारको प्रतिनिधित्व हुने गरी मायादेवी मन्दिर परिसरमा परित्राण पाठ गरी मनाएको थियो ।

‘कोरोना महामारीपछि जारी निषेधाज्ञाको कारण गत वर्षजस्तै यस वर्ष पनि बुद्ध पूजापाठ, दीप प्रज्वलन र परित्राण पाठ गरेर मनाइएको छ,’ सदस्यसचिव शाक्यले भने । साँझ कोरोना संक्रमितको स्वास्थ्यलाभको कामनासहित २५६५ वटा दीप प्रज्वलन गरिने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयाले बताए ।