१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ फाल्गुण ६ सोमबार १४:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस सांसद सिंहले गायक शर्मालाई २५ हजार पुरस्कार दिने

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण ६ सोमबार १४:०१:००

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई पुरस्कार दिने घोषणा गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सिंहले फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ शर्मालाई पुरस्कार स्वरुप प्रदान गर्ने घोषणा गरेका हुन् । 

‘जनताको बोली गाउने गायकलाई म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गर्न चाहन्छु’, सिंहले भने । केही दिनअघि सार्वजनिक भएको शर्माको ‘लुट कान्छा लुट’ बोलको गीत चर्चामा छ । गायकले राष्ट्रपति र प्रधानमन्त्रीलाई अपमानित गरेको भन्दै सत्तारुढ दलका भातृसंगठनहरुले आपत्ति जनाएका छन् भने कांग्रेस र विवेकशीललगायत दलले शर्माको गीतलाई समर्थन गरेका छन् । 

उनीहरुले शर्माको गीतमाथि आक्रमण गर्नु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको आरोप लगाएका छन् । आइतबार विवेकशील पार्टीका कार्यकर्ताले गायकको शर्माको गीत बजाउँदै माइतिघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए ।