मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १२ बुधबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको नयाँ वेबसाइटमा  ग्राहकलाई थप सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १२ बुधबार ०६:१२:००

एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा–सुविधाका साथ आफ्नो नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । ग्राहकले वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्जलगायतका सेवाहरू लिन सक्ने व्यवस्था गरेको हो । 

नयाँ वेबसाइटलाई वेबएपका रूपमा स्मार्ट फोनमा राखी उपलब्ध विविध सुविधाहरूको फाइदा लिन सकिने कम्पनीले जनाएको छ । नयाँ वेबसाइटबाट प्याक खरिद गर्नेे ग्राहकका लागि प्याकको खरिदमा शतप्रतिशतसम्म थप भोल्युमसहितका आकर्षक अफरहरू पनि रहेको जनाइएको छ ।  

विशेष अफरअन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबीदेखि २ जिबीसम्म बोनस डेटाको फाइदा लिन सक्नेछन् । एक दिनको प्याक १८ रुपैयाँमा, ७ दिनको प्याक ९८ रुपैयाँमा र १४ दिनको प्याकमा १ सय ३९ रुपैयाँमा उपलब्ध हुने र यसमा बोनस प्राप्त हुने कम्पनीले जनाएको छ । त्यस्तै, ट्रिपल मज्जाअन्तर्गत ७ दिनको प्याक १ सय ९ रुपैयाँमा, १० दिनको प्याक १ सय ४७ रुपैयाँमा र ३० दिनको प्याक ४ सय ५९ रुपैयाँमा उपलब्ध हुने र यसमा थप ०.५ जिबीदेखि ०.७५ जिबीसम्म बोनस डेटाको योजना रहेको कम्पनीले जनाएको छ । ग्राहकले केही प्याकहरूमा डबल डेटा पाउने र अलवेज अन डेटा प्याक खरिद गर्दा ३ गुणा बढी डे डेटा पाउने जनाइएको छ ।  

कोभिड–१९ को महामारीले गर्दा घर–घरमै बस्नुपर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनहरूसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै नै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरूले ठूलो महत्व राख्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।