Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी न्युयोर्क
२०७८ जेठ १२ बुधबार ०९:४१:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जापान र श्रीलंकामा भ्रमण नगर्न अमेरिकाको आग्रह 

Read Time : < 1 मिनेट
एजेन्सी न्युयोर्क
२०७८ जेठ १२ बुधबार ०९:४१:००

अमेरिकाले आफ्ना नागरिकलाई जापान र श्रीलंका भ्रमण नगर्न आग्रह गरेको छ । यसअघि अमेरिकाले कोरोना संक्रमण उच्च भएको भारतमा पनि आफ्ना नागरिकलाई भ्रमण नगर्न भनेको थियो । अब भारतसँगै जापान र श्रीलंकामा पनि भ्रमण नगर्न अमेरिकारले ट्राभल एड्भाइजरी जारी गरेको हो ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले सोमबार एक सूचना जारी गर्दै आफ्ना नागरिकलाई सेचत रहन आग्रह गरेको हो । लेभल–४ को स्वास्थ्यसम्बन्धी यात्रा सूचना जारी गर्दै अमेरिकाले कोभिड–१९ को अत्यन्तै खतरा भएको देशका रूपमा जापान र श्रीलंकालाई पनि राखेको छ । लेभल ४ अनुसार अमेरिकारले एक सय ५१ देशमा आफ्ना नागरिकलाई यात्रा नगर्न भनेको छ । 

यस्तै जापानले पनि अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रूपमा बन्द गरेको छ । अमेरिका फर्कनुपर्ने विदेशी तथा अमेरिकन नागरिक जापानमा फसेका छन् । अमेरिकाले जापानमा फसेका आफ्ना नागरिकहरूलाई दूतावासमा सम्पर्क राख्न भनेको छ ।

जापानमा २३ जुलाईदेखि ओलम्पिक खेलकुद प्रतियोगिता सुरु हुने भनिएको छ । तर, यहाँ कोराना भाइरस रोकथाम प्रक्रिया निकै सुस्त गतिमा छ । यहाँ अहिलेसम्म सात लाख संक्रमित भएका छन् । कोरोनाका कारण १२ हजारले ज्यान गुमाइसकेका छन् । 

जापानमा अहिले पनि कोरोना रोकथामका लागि कतिपय ठूला सहरमा संकटकाल लागू गरेको छ । टोकियो ओलम्पिक सफलतापूर्वक सञ्चालन गर्न नै जापानले यस्तो रणनीति अपनाएको हो ।