१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लक्ष्मी काफ्ले 
२०७५ फाल्गुण ६ सोमबार १४:०५:००
Read Time : < 1 मिनेट
खेलकुद

आठौँ राष्ट्रिय खेलकुदमा झापाका ६ कुस्ती खेलाडी

Read Time : < 1 मिनेट
लक्ष्मी काफ्ले 
२०७५ फाल्गुण ६ सोमबार १४:०५:००

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा झापाका ६ जना कुस्ती खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेका झापाका खेलाडीले प्रदेशको प्रतिनिधित्व गर्ने भएका हुन् ।

सुनसरीको इनरुवास्थित जेल फिल्डमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा स्वर्णपदक प्राप्त गर्ने ५ महिला र एकजना पुरुष खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्ने छन् । प्रदेशस्तरीय छनोटमा महिलातर्फ ५० केजी तौल समूहमा रत्ना राजवंशी, ५७ केजीमा उषा राजवंशी, ६२ केजीमा सिम्रन थापा मगर, ६८ केजीमा रेनुका राजवंशी र ७२ केजीमा सदीक्षा राईले स्वर्णपदक जिते ।

पुरुषतर्फ ६५ केजी तौल समूहमा स्वर्णपदक जित्ने कुमार आचार्यले कुस्तीको राष्ट्रिय प्रतियोगितामा भाग लिने कुस्ती संघका केन्द्रीय सदस्य उमेश थापा मगरले बताए । झापा कुस्तीका टिम प्रशिक्षक वेदनिधी भण्डारीका अनुसार प्रदेशस्तरीय छनोटमा झापाले ६ रजत र एक कास्यपदक प्राप्त गरेको छ ।

रजतपदक प्राप्त गर्ने खेलाडीमा राज मेचे, मुकेश मेचे, फडिन्द्र श्रेष्ठ, विशाल बुढाथोकी, रेखा मेचे र प्रतिमा साह छन् । गणेशमान किसानले कास्यपदक हात पारे । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि देशभर विभिन्न खेल विधामा प्रदेशस्तरीय छनोट भइरहेको छ ।