मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ११ शुक्रबार
  • Friday, 25 June, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १० सोमबार ०८:४३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

राजनीतिक अन्योलबीच सेयर बजारमा चमक

फाइनान्स, विकास बैंक र हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १० सोमबार ०८:४३:००

राजनीतिक अन्योलबीच सेयर बजारमा चमक थपिएको छ । संसद् विघटन र मध्यावधि चुनावको घोषणाले आइतबारको सेयर बजार कस्तो होेला भन्ने लगानीकर्ताको चासो रहेका वेला सेयर बजारमा भने नयाँ चमक देखिएको हो । अन्योलताकै बीचमा पनि लगानीकर्ता खुलेर सक्रिय भएका छन् ।

कारोबार सुरुवातको केही घन्टा पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता पछि भने सक्रिय भएका थिए । विश्लेषक तथा लगानीकर्ता विष्णु बस्याल बजार बुलिस ट्रेन्डमा रहेको, महामारीले अन्य लगानीको वातावरण नहुँदा विकल्पका रूपमा सेयर बजारमा लगानी बढेकाले बजार केही करेक्सन हुँदै अघि बढ्ने बताउँछन् ।

आइतबार नेप्से परिसूचक ३२ दशमलव ८१ अंकले बढेर २ हजार ८ सय २० बिन्दुमा पुगेको हो । यसभन्दा अघि ७ सय बिन्दुबाट बढेर यस बिन्दुमा पुगेको हो । त्यसैगरी, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ८ दशमलव २३ अंकले बढेर ५ सय ७ दशमलव २० बिन्दुमा पुगेको छ ।

उच्च रेकर्डको नेप्से सूचकमा फाइनान्स, विकास बैंक, जलविद्युतमा लगानीकर्ता आकर्षित भएका छन् । यस दिन कारोबारमा आएका १३ मध्ये १० समूहको सूचक सकारात्मक रहेको छ भने अन्य ३ समूहको सूचक नकारात्मक रहेको छ । यस दिन सबैभन्दा धेरै विकास बैंकको र फाइनान्स कम्पनीको सूचक ७ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको सूचक १ प्रतिशतले बढेको छ । 

उच्च बिन्दुमा पुगेको नेप्से सूचकमा २ दर्जनभन्दा बढी कम्पनीको सर्किट मूल्यमा कारोबार भएको छ । अधिकांश विकास बैंक र फाइनान्स कम्पनीको कारोबार उच्च सर्किट मूल्यमा भएको हो । कर्णाली डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंकको १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको हो । 

त्यस्तै, फाइनान्सअन्तर्गतमा, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, आइसिएफसी फाइनान्सको पनि १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको छ । हाइड्रोपावर युनाइटेड इदिमर्दी हाइड्रोपावर, वरुण हाइड्रोपावरको सेयर मूल्य बढेको छ ।

धितोपत्र ऋणपत्र गरी कारोबारमा आएका २ सय २० कम्पनीको २ करोड ५१ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६९ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । यसको ४१ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ भने नेसनल लाइफ इस्योरेन्स कम्पनीको ३७ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, ज्योति विकास बैंकको २३ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।