मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ ८ शनिबार ११:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिबाट फेरि संविधान च्यात्ने काम भयो : डा. शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ ८ शनिबार ११:०१:००

कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपतिले फेरि पनि आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधान च्यात्ने काम भएको बताएका छन् । उनले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानबमोजिम संविधानको धारो ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि शुक्रबार प्रधानमन्त्री केपी ओली र विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाको दाबी परे पनि त्यसलाई खारेज गर्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गएराति संसद् विघटन गरेकी छिन् । संसद् विघटनसँगै २६ कात्तिकमा पहिलो र ३ मंसिरमा दोस्रो चरणको मध्यावधि निर्वाचनको मिति तोकिएको छ । 

रातारात संसद् विघटन गरी चुनावको घोषणा भएपछि नेता कोइरालाले सामाजिक सञ्जालमार्फत संविधानलाई समाप्त पार्ने राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै नसक्ने बताएका छन् । ‘आफ्नोे पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो । राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ, उनले भनेका छन्, ‘संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन ।’