१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ७ शुक्रबार १८:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले कार्यदलको सहमति : पार्टी एकता जोगाऊँ, समझदारीमा अर्को बैठक तोकौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ७ शुक्रबार १८:३५:००

एकतामा देखिएको समस्या समाधानका लागि गठित एमाले कार्यदलको बैठकमा पार्टीका २७ सांसदहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको विषयमा छलफल भएको छ । 

वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूको हस्ताक्षरपछि पार्टी फुटको तहमा पुगेको प्रधानमन्त्री केपी ओलीनिकट नेताहरूले प्रसंग उठाएपछि एकता जोगाउने विषयमा केन्द्रित रहेर छलफल भएको सदस्यहरूले बताएका छन् ।

‘राष्ट्रिय परिस्थितिबारे सौहार्दपूर्ण छलफल भयो, त्यसमा सबैले आ–आफ्ना दृष्टिकोण राख्नुभो,’ बैठकपछि नेता रघुजी पन्तले भने, ‘छलफलमा पार्टी एकतालाई जोगाउनुपर्छ भन्नेमा सबैबीच सहमति भएको छ, तर अर्को बैठक दुवै पक्षको सहमतिमा एक–दुई दिनमा राख्नेगरी उठेका छौँ ।’ उनले हस्ताक्षर प्रकरणका विषयमा भने कुनै छलफल नभएको दाबी गरे ।