मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ ७ शुक्रबार १६:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाबुराम भट्टराईको ट्विट, ‘प्रमुख प्रतिपक्षी दलको नेताको दाबी टार्ने ठाउँ छैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ ७ शुक्रबार १६:२६:००

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नका निम्ति गरेको प्रस्तावलाई जालझेल गरी टार्ने ठाउँ नभएको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव पेस गर्न गठबन्धनका नेताहरू शीतलनिवास पुगेका वेला घरमै रहेका डा.भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘धारा ७६ (२) बमोजिम एक सय ४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्तिका निम्ति गरेको प्रस्तावलाई कुनै किन्तु, परन्तु जालझेल गरी टार्ने ठाउँ छैन । खुराफात शिरोमणिहरूले पुनः जालझेल गर्ने दुष्प्रयास गरे भने आमजनता र सचेत नागरिकले यथोचित खबरदारी गर्नुपर्छ ।’