मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनिष खड्का
२०७५ फाल्गुण ६ सोमबार १०:४७:००
Read Time : < 1 मिनेट
समाचार

साढे ३ वर्षीया बालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि कारागार चलान

Read Time : < 1 मिनेट
मनिष खड्का
२०७५ फाल्गुण ६ सोमबार १०:४७:००

साढे ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा रुकुम पूर्वका एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बालिका बलात्कारको अरोपमा पक्राउ परेका जिल्लाको सिस्ने गाउँपालिका -५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । 

आइतबार जिल्ला न्यायाधीश दुर्गाप्रसाद भुषालको इजलासले गौतमलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका श्रेस्तेदार विष्णुप्रसाद पाण्डेले जानकारी दिए । घरमा खेलिरहेकी बालिकालाई कोहि नभएको मौका छोपि गौतमले गत माघ २१ गते बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

गौतम यो भन्दा अगाडि पनि जबरजस्ती करणीको मुद्दामा साढे चार वर्ष कैद सजाय भुक्तान गरेर रिहा भएका थिए । उनी रिहा भएको एक महिनामै बालिका बलात्कारको अरोपमा पुनः पक्राउ परेका हुन् ।