१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ६ बिहीबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपरासी गोलीकाण्डको मानव अधिकार आयोगद्वारा अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ६ बिहीबार १६:२९:००

राष्ट्रिय मानव अधिकार आयोगले नवलपरासीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको अनुगमन गरेको छ । नवलपरासीको बर्दघाट सुस्ता पश्चिमस्थित नेपाल–भारत सीमानाकानजिकैको प्रतापपुर गाउँपालिका– ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागी घाइते भएका स्थानीय २२ वर्षीय अविनाश रायलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको थियो । 

राष्ट्रिय मानव अधिकार आयोगले उक्त घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगको लुम्बिनी प्रदेश कार्यालयले उक्त घटना सम्बन्धमा अनुगमन सुरु गरेको छ । सो क्रममा आयोगले स्थानीय प्रहरी–प्रशासनसँग तत्कालै आवश्यक जानकारी लिएको छ भने सीमानाका बन्द रहेको अवस्थामा सीमा पार गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले गोली चलाउँदा राय घाइते भएको सूचना प्राप्त गरेको जनाएको छ । 

यस्तै, अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको जानकारी प्राप्त भएको आयोगका सहसचिव तथा प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अयोगले घटनाको विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी २६ नं. गण नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई आजै पत्राचारसमेत गरेको छ ।