१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ ६ बिहीबार १३:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी दुर्घटनामा दुईजनाको ज्यान गयो

Read Time : < 1 मिनेट
२०७८ जेठ ६ बिहीबार १३:३०:००

निषेधाज्ञाको समयमा मोरङको पथरीमा मध्यराति सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा तीनजना गम्भीर घाइते छन् । दुर्घटनामा परी झापाको झापा गाउँपालिका– ६ शरणामतीका ६० वर्षीय लीलानाथ पौडेल र मोरङको रंगेली नगरपालिका– ३ रन्जनीका ७६ वर्षीय विष्णुमाया सिवाकोटीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

बुधबार राति पूर्वबाट पश्चिमतर्फ गइरहेको मे.१च १८५१ नम्बरको स्कारपियोलाई सोही दिशातर्फ जाँदै गरेको ना.२ख ९४७३ नम्बरको मालवाहक सवारीसाधनले ठक्कर दिँदा स्कारपियोमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीनजना गम्भीर घाइते भएको डिएसपी राईले जानकारी दिए ।

घाइते हुनेमा झापा बिर्तामोड नगरपालिका– २ चारपानेका ३३ वर्षीय विकास उप्रेती, सोही ठाउँका ४५ वर्षीय विनिता पौडेल र हल्दीवारी गाउँपालिका– ५ का २५ वर्षीय रोशन उप्रेती  रहेको प्रहरीले जनाएको छ । उनीहरूको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेको विराटनगरस्थित गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।