मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ६ बिहीबार ०६:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गौशालामा मारवाडी सेवा समितिको नि:शुल्क आइसोलेसन सेन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ६ बिहीबार ०६:०७:००

मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालामा अक्सिजनसहितको निःशुल्क आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । ५१ शय्याकाे आइसोलेसन सेन्टरको उपप्रधानमन्त्री तथा सिसिएमसीका अध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।

कोभिड–१९ संक्रमणको पहिलो लहरमा पनि करिब १ करोड ५० लाखभन्दा बढीलाई पुग्ने गरी शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोपेथिक औषधि आर्सेनिक एल्बम–३० सी नामक औषधि वितरण गरेको समितिले जनाएको छ । त्यस्तै, काठमाडौंमा १० हजारलाई पुग्ने रासन, मास्क, स्यानिटाइजर, पन्जा वितरण गरेको जनाइएको छ । 

देशमा विपद् आइपर्दा मारवाडी समाजले सहयोग गर्दै आएको समितिले जनाएको छ । समितिका अनुसार मारवाडी समाजले १९९० सालको भूकम्पमा एक महिनासम्म टुँडीखेलमा निःशुल्क भोजन वितरण गरेको थियो ।

त्यस्तै, २०४५ सालको भूकम्पमा पनि निःशुल्क खाना तथा राहत वितरण गरेको जनाइएको छ । २०७२ सालको भूकम्पमा पनि पीडितलाई रासन, त्रिपाल, लत्ताकपडा प्रदान गरेको र विभिन्न हावाहुरी, आगलागीजस्ता घटनामा पनि पीडितलाइ राहत प्रदान गर्दै आएको समितिले जनाएको छ ।