मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १४ बिहीबार
  • Thursday, 30 September, 2021
२०७८ जेठ ६ बिहीबार ०६:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लुम्बिनीका मुख्यमन्त्रीको नियुक्ति खारेजीको माग लिएर अदालत जाने विपक्षी गठबन्धनको निर्णय

Read Time : < 1 मिनेट
२०७८ जेठ ६ बिहीबार ०६:५४:००

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक भएकाले खारेज हुनुपर्ने माग राख्दै विपक्षी गठबन्धनले कानुनी लडाइँ लड्ने निर्णय लिएको छ । गठबन्धनको बुधबारको बैठकले पोखरेलको मुख्यमन्त्रीमा नियुक्ति संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको हो । कानुनविद्हरूसँगको परामर्शमा शुक्रबारसम्म रिट दायर गर्ने गठबन्धनका नेताहरूको योजना छ । 

प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले स्पष्ट अल्पमतमा रहेको अवस्थामा पनि सत्ता र शक्तिका बलमा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएकाले बदरको माग राखेर अदालत जान लागिएको बताए ।

पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुने दिन प्रदेश सभामा विपक्षी गठबन्धन स्पष्ट बहुमतमा रहेकाले नियुक्ति संविधानविपरीत रहेको ठहर गठबन्धनको छ । राजीनामा दिइसकेका सांसदको समेत हस्ताक्षर बुझाएर पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएको र यो किर्ते काम भएको गठबन्धनको भनाइ छ ।