१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार १०:४५:००
Read Time : > 5 मिनेट
सेयर बजार

प्रधानमन्त्रीको निर्देशनले पनि बढाउन सकेन लगानीकर्ताको मनोबल

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार १०:४५:००

अघिल्लो सातादेखि सुस्त गतिमा रहेको नेप्से परिसूचकले यस साताको पहिलो दिन सोही गतिलाई निरन्तरता दिएको छ । अहिलेको समयमा बजारलाई बैंक तथा वित्तीय संस्थाहरूको उच्च ब्याजदरले सुस्त पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कर्जाको ब्याजदर घटाउन शनिबार अर्थमन्त्री तथा गभर्नरलाई निर्देशन दिएका थिए । सो निर्देशनपश्चात् पनि लगानीकर्ताहरूको मनोबल बढ्न सकेन ।

सो निर्देशनसँगै प्रधानमन्त्रीले तीन दिनभित्र समस्या समाधानको पहल नथाले आफैँले हस्तक्षेप गर्ने बताएका थिए । उच्च ब्याजदरका कारण पुँजीबजार विस्तार र सुधारका कार्यहरू छायामा परेको छ । ब्याजदर र बजारबीच जहिले पनि उल्टो सम्बन्ध रहन्छ । ब्याजदर घटे मात्र बजार बढ्छ । त्यसैले, अब बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर नघटाएसम्म बजार नबढ्ने संकेत पाइसकेको एक लगानीकर्ताले बताए । यस दिनको बजारलाई कम्पनीहरूको लाभांशले पनि प्रभावित गरेको छ । लाभांश घोषणा गरेका कम्पनीहरूको सेयरमूल्य यस दिन बढेको देखिन्छ । 
 बजार सारांश
आइतबार नेप्से परिसूचक ३ दशमलव १५ अंक घटेर १ हजार १ सय ९ दशमलव ७२ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७६ अंक घटेर २ सय ३६ दशमलव १६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव १२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ८ अंक घटेको छ । यस दिन १ सय ७३ कम्पनीको ५ हजार १ सय ५१ पटकको कारोबारमा २१ करोड ७ लाख ३२ हजार १ सय ४७ रुपैयाँबराबरको ८ लाख २८ हजार ८ सय ५३ कित्ता सेयर खरिदबिक्री भएको छ । 

 प्राविधिक विश्लेषणः
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन २२ दशमलव ३४ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद चापभन्दा बिक्री चाप बढी रहेको संकेत गर्दछ । एडी रेसियोः यस दिन नेप्सेको एडी रेसियो शून्य दशमलव ६३ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । कारोबारमा आएका १ सय ७३ कम्पनीमध्ये यस दिन ५४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८५ कम्पनीको सेयरमूल्य घटेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, सोमबार नेप्सेले १ हजार १ सय ४ दशमलव १६ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो बिन्दुबाट तल ओर्लिए नेप्सेले १ हजार ९८ दशमलव ६० बिन्दुमा टेवा पाउनेछ । त्यसैगरी, बजार उकालो लागे, नेप्सेले १ हजार १ सय १८ दशमलव ८० र १ हजार १ सय २७ दशमलव ८८ बिन्दुमा क्रमशः पहिलो र दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

 बुक क्लोजले घटायो प्रभुको कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ करोड ९० लाख ३३ हजार रुपैयाँबराबरको ८३ हजार ३९ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । सो बोनस सुरक्षित गर्ने फागुन ५ गते अन्तिम दिन हो । बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ६ गते बुक क्लोज गर्नेछ । सोहीकारण यस दिन सो बैंकको सेयर धेरै कारोबार भएको हो । कारोबार संख्याका आधारमा भने यस दिन अपर तामाकोसी अगाडि रहेको छ । सो कम्पनीको यस दिन ८ सय ४७ पटक सेयर कारोबार भएको छ । 

 करिब १० प्रतिशत बढ्यो चौतारीको सेयरमूल्य
यस दिन पनि चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ३७ रुपैयाँ बढेर ४ सय १२ मा अन्तिम कारोबार भएको छ । १७ प्रतिशत नगद लाभांश र ५५ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न साधारणसभा डाकेको एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ । कन्चन डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन ७ प्रतिशतको हाराहारीमा घटेको छ भने रिडी हाइड्रोपावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । 

३ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ३ समूहको परिसूचक बढेको छ । यस दिन होटेल समूहको परिसूचक शून्य दशमलव ३३ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ३२ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव २६ प्रतिशत बढेको छ । व्यापार समूहको परिसूचक यस दिन १ दशमलव ६५ प्रतिशत र अन्य समूहको १ दशमलव शून्य ९ प्रतिशत घटेको छ । त्यसैगरी, जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ९६ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ७४ प्रतिशत, वित्त समूहको शून्य दशमलव २३ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव १७ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव १२ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव १ प्रतिशत घटेको छ ।

निर्धन उत्थानको नाफा ३३ करोड
चालू आवको दोस्रो त्रैमाससम्ममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ३३ करोड ३२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २३ दशमलव ६८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २६ करोड ९४ लाख रहेको थियो । सो अवधिसम्ममा कम्पनीले ५१ करोड ७६ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३९ दशमलव ७५ प्रतिशत बढी हो ।

गत आवमा कम्पनीको यस्तो मुनाफा ३७ करोड ४ लाख रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको पुस मसान्तको तुलनामा २४ दशमलव ३७ प्रतिशत बढेर ७६ करोड ९२ लाख पुगेको छ । कम्पनीले सो अवधिसम्ममा १७ अर्ब ९ करोड १७ लाख कर्जा प्रवाह गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २६ दशमलव १७ प्रतिशत बढी हो ।

कम्पनीको निक्षेप भने गत आवको तुलनामा ३२ दशमलव २१ प्रतिशत बढेको छ । पहिलो ६ महिनासम्ममा कम्पनीले ९ अर्ब ६८ करोड ७४ लाख निक्षेप संकलन गरेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको चुक्ता पुँजी २० प्रतिशत बढेको छ । गत आवमा १ अर्ब रहेको चुक्ता पुँजी चालू आवमा बढेर १ अर्ब २० करोड पुगेको छ । त्यसैगरी, कम्पनीको जगेडा कोष २४ दशमलव ६७ प्रतिशत बढेर १ अर्ब १४ करोड पुगेको छ । गत आवको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी सामान्य बढेको छ । चालू आवको पहिलो ६ महिनासम्ममा कम्पनीको यस्तो आम्दानी ५५ दशमलव ५४ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ९५ दशलमव ७७ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात भने १३ दशमलव ७७ रहेको छ । 
घलेम्दीको मूल्य रेन्ज
घलेम्दी हाइड्रोपावर लिमिटेडको सेयर कारोबार फागुन ५ गते आइतबारदेखि सुरु भएको छ । नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको मूल्य १ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको रेन्ज तोकेको छ । कारोबारका लागि कम्पनीको स्टक सिम्बोल जिएचएल तोकेको छ । कम्पनीले गत शुक्रबार ५५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको थियो ।
सिभिलको नगद लाभांश 
सिभिल बैंक लिमिटेडले ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आव २०७४÷७५ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । फागुन ३ गते सम्पन्न बैंकको सञ्चालक समितिले सो निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो नगद लाभांश वितरण गरिनेछ । 

निर्धन उत्थानको नाफा ३३ करोड
चालू आवको दोस्रो त्रैमाससम्ममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ३३ करोड ३२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २३ दशमलव ६८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २६ करोड ९४ लाख रहेको थियो । सो अवधिसम्ममा कम्पनीले ५१ करोड ७६ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३९ दशमलव ७५ प्रतिशत बढी हो ।

गत आवमा कम्पनीको यस्तो मुनाफा ३७ करोड ४ लाख रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको पुस मसान्तको तुलनामा २४ दशमलव ३७ प्रतिशत बढेर ७६ करोड ९२ लाख पुगेको छ । कम्पनीले सो अवधिसम्ममा १७ अर्ब ९ करोड १७ लाख कर्जा प्रवाह गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २६ दशमलव १७ प्रतिशत बढी हो । कम्पनीको निक्षेप भने गत आवको तुलनामा ३२ दशमलव २१ प्रतिशत बढेको छ ।

पहिलो ६ महिनासम्ममा कम्पनीले ९ अर्ब ६८ करोड ७४ लाख निक्षेप संकलन गरेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको चुक्ता पुँजी २० प्रतिशत बढेको छ । गत आवमा १ अर्ब रहेको चुक्ता पुँजी चालू आवमा बढेर १ अर्ब २० करोड पुगेको छ । त्यसैगरी, कम्पनीको जगेडा कोष २४ दशमलव ६७ प्रतिशत बढेर १ अर्ब १४ करोड पुगेको छ । गत आवको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी सामान्य बढेको छ । चालू आवको पहिलो ६ महिनासम्ममा कम्पनीको यस्तो आम्दानी ५५ दशमलव ५४ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ९५ दशलमव ७७ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात भने १३ दशमलव ७७ रहेको छ । 

घलेम्दीको मूल्य रेन्ज
घलेम्दी हाइड्रोपावर लिमिटेडको सेयर कारोबार फागुन ५ गते आइतबारदेखि सुरु भएको छ । नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको मूल्य १ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको रेन्ज तोकेको छ । कारोबारका लागि कम्पनीको स्टक सिम्बोल जिएचएल तोकेको छ । कम्पनीले गत शुक्रबार ५५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको थियो ।
सिभिलको नगद लाभांश 
सिभिल बैंक लिमिटेडले ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आव २०७४÷७५ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । फागुन ३ गते सम्पन्न बैंकको सञ्चालक समितिले सो निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो नगद लाभांश वितरण गरिनेछ ।