Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ ४ मंगलबार १२:२७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाबाट एउटै वडाका नौको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ जेठ ४ मंगलबार १२:२७:००

दैलेखकाे दुल्लु नगरपालिका– १२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौजनाको मृत्यु भएको छ । वडामा कोरोना संक्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो । मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीनजनामा  ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए । 

उनीहरूको परीक्षणविनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको लम्सालले बताए । अन्य ६ मध्ये दुईजनाको भारतमा मृत्यु भएको थियो । बाँकी चारजनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए । यहाँ कामका लागि भारत गएका स्थानीयवासी घर फर्केसँगै १५ दिनभित्र नौजनाको कोरोनाका कारण मृत्यु भएको हो ।

एउटै समुदायभित्र नौजनाको मृत्यु भएपछि अहिले अवस्था असामान्य बनेको छ । दुल्लु– १२ को एउटै टोलमा एक सयभन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए । ‘रातदिन नभनी स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा गएका छौँ । अधिकांशमा ज्वरो र रुघाखोकी रहेको छ,’ भण्डारी बताए ।  औषधिसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले परीक्षणलाई तीव्र पारेको छ । रासस