१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ ४ मंगलबार १०:४८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाका कारण सप्तकोसी नगरपालिकाकी उपमेयरको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ जेठ ४ मंगलबार १०:४८:००

कोरोना संक्रमणका कारण सप्तरीको सप्तकोसी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ ।  विराटनगरस्थित विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा मंगलबार बिहान ४ बजे उनको मृत्यु भएको सप्तकोसी नगरपालिका– ५ का वडाध्यक्ष दीपक लेखीले बताए ।

उनले भने, ‘सप्तकोसी नगरपालिकाका लागि ठूलो क्षति हो, हामी निःशब्द भएका छौँ ।’ दोस्रो लहरको कोरोनाकालमा योसहित सप्तकोसीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको वडाध्यक्ष लेखीले बताए । उनले भने, ‘हिजो पनि एकजनाको मृत्यु भएको थियो ।’ 

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वास–प्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्यचौकीमा एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । गर्भवतीसमेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको परिवारका सदस्यले जानकारी दिएका छन् ।