१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३ सोमबार १८:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार अक्सिजन र भ्याक्सिन खरिदमा पनि कसरी धेरै कमिसन खाने भन्ने सोचमा छ : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३ सोमबार १८:५६:००

कांग्रेस सभापति शेरबहादुर देउवाले अक्सिजन र भ्याक्सिन खरिदमा पनि सरकारको ध्यान कसरी धेरै कमिसन खाने भन्ने सोचमा रहेको आरोप लगाएका छन् । देउवाले अहिले स्वास्थ्य संकटकाल लगाउन आवश्यक नरहेको र कांग्रेसले त्यस्तो माग नगर्नेसमेत स्पष्ट गरे । 

‘अहिले संकटकाल लगाएर केही हुनेवाला छैन, त्योभन्दा महत्वपूर्ण कुरा सबै नेपालीले भ्याक्सिन पाउनुपर्छ भन्ने हो,’ देउवाले भने, ‘जबसम्म सबैले भ्याक्सिन पाउँदैनन्, तबसम्म केही हुनेवाला छैन । त्यसैले भ्याक्सिन नै अहिलेको आवश्यकता हो ।’

कांग्रेसको कोभिड– १९ अनुगमन समितिले सोमबार बागमती प्रदेशमा कोभिडको अवस्था र कांग्रेसको भूमिका विषयक भर्चुअल संवादमा देउवाले कांग्रेसले भ्याक्सिन खरिदका लागि नै सरकारले पटक–पटक ध्यानाकर्षण गराइरहेको बताए । ‘हामीले आवाज उठाइरहेका छौँ । तर, सरकारले सुन्दैन, हाम्रो कुरा मान्दैन,’ उनले भने, ‘बरु सरकारका स्वास्थ्यमन्त्री नै यस्तो महामारीका वेला समेत भ्याक्सिन र अक्सिजन खरिदमा पनि कसरी धेरै कमिसन लिने, कति पैसा कमाउने भन्ने कुरा सोचिरहेका छन् । यस्तो भएपछि के गर्ने ? सरकारलाई कमिसनको लोभ छ, पैसा चाहिएको छ । मन्त्रीकै ध्यान कमिसनमा देखिन्छ ।’

सभापति देउवाले सरकार भ्याक्सिन ल्याउने र जनताको जिउज्यान बचाउने कुरामा भन्दा पनि त्यहाँबाट कति कमाउने भन्नेमा केन्द्रित भएकोमा जोड दिए । ‘सबैजनालाई भ्याक्सिनको व्यवस्था सरकारले गर्नुपर्छ । यसका लागि हामी संसदमा कुरा उठाउँछौँ । देशभरिबाट यो कुरामा जोड दिनुपर्छ, भ्याक्सिन नै अहिलेको आवश्यकता हो,’ उनले भने । देउवाले यस्तो वेला कांग्रेसले जनतालाई चाहिँ सचेत गराउनुपर्ने बताए ।