मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३ सोमबार ०८:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा ५४ अंकको उछाल

‘पर्ख र हेर’ को अवस्थामा रहेका लगानीकर्ता सक्रिय हुँदा कारोबार रकम १० अर्बमाथि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३ सोमबार ०८:५०:००

साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । लगानीकर्ता सक्रिय हुँदा सेयर बजारमा उछाल आएको हो । अघिल्लो हप्ता ‘पर्ख र हेर’ को अवस्थामा बसेका लगानीकर्ता खुलेर लगानी बढाउँदा बजार विनादबाब उकालो लागेको पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । अहिले बजार दबाबरहित छ । नयाँ लगानीकर्ताले खरिद बढाइरहेका छन् भने अर्कोतर्फ राजनीतिक अन्योलता पनि नरहेको अवस्था, नीति तथा कार्यक्रम बजेटलगायत आउने पक्रिया सुरु भएकाले पनि त्यसको प्रभाव परेको हुन सक्ने पोखरेलको दाबी छ ।

आइतबार नेप्से परिसूचक ५४ दशमलव २१ अंकले बढेर २ हजार ७ सय ३८ दशमलव ३ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ८ दशमलव ६४ अंकले बढेर ४ सय ८८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूहको सूचक सकारात्मक रहेको छ ।

निर्जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी, डेभलपमेन्ट बैंकमा लगानीकर्ता आकर्षित भएका छन् । निर्जीवन बिमा कम्पनीको सबैभन्दा धेरै ४ प्रतिशतले बढेको छ ।आइतबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १४ कम्पनीको २ करोड १३ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा १० अर्ब ४० करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । यो ०७८ साल सुरुवात भएपछिकै सबैभन्दा धेरै कारोबार हो । यसभन्दा अघि गत चैत ३ गते १० अर्बमाथिको कारोबार भएको थियो ।

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल रिइस्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ८५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा नेपाल क्रेडिट कमर्सियल बैंकको ३१ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २९ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । 

पाँच कम्पनीको सकारात्मक सर्किट   
आइतबार पाँच कम्पनीको सकारात्मक सर्किट मूल्यमा काराबार भएको छ । यस दिन रुरु जलविद्युत्, शिखर इन्स्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त, सप्तकोसी डेभलपमेन्ट बैंक र प्रोगेसिभ फाइनान्स कम्पनीका सेयर सर्किट मूल्यमा कारोबार भएको हो । त्यस्तै, वरुण हाइड्रोपावर कम्पनी, आइएमी जनरल इस्योरेन्स, विशाल बजार कम्पनीका लगानीकर्ताले पनि नाफा सुनिश्चित गरेका छन् ।

सबैभन्दा बढी गुमाउने कम्पनीमा युनियन हाइड्रोपावर रहेको छ । यसको ५ प्रतिशतभन्दा बढीले मूल्य घटेको हो । त्यस्तै, आँखु खोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाएका छन् ।