१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३ सोमबार ०७:०८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा.आइएल आचार्यको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३ सोमबार ०७:०८:००

 कोभिड संक्रमणमुक्त भएको पाँच दिनपछि वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा.आइएल आचार्यको निधन भएको छ । उपचारका क्रममा आइतबार बिहान स्टार अस्पतालमा उनको निधन भएको हो । 

गत १८ वैशाखमा कोरोना संक्रमण पुष्टि भएपछि आचार्यलाई अस्पताल भर्ना गरिएको थियो । २९ वैशाखमा संक्रमणमुक्त भएपछि नर्मल आइसियूमा उपचार भइरहेकोमा अचानक स्वास्थ्य अवस्था बिग्रन गई उनको निधन भएको स्टार अस्पतालका डा.विश्व श्रेष्ठले जानकारी दिए ।

आचार्यमा दीर्घ रोग थाइराइड र युरिक एसिड रहेको अस्पतालले जनाएको छ । डा.आचार्य पेट तथा कलेजोसम्बन्धी रोगको उपचारमा कहलिएका थिए ।