१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार ०८:४४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

अम्बामा गुणै–गुण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार ०८:४४:००

अम्बालाई बोलीचालीको भाषामा अम्बक र बेलौती पनि भनिन्छ । यो पहाड, भित्री मधेस र तराईलगायत नेपालका प्रायः सबै क्षेत्रमा पाइने एक स्वादिलो फल हो । अम्बा मानव स्वास्थका लागि निकै फाइदाजनक छ । अब जानौँ यसका गुण :

- अम्बामा आयुर्वेदिक औषधीय गुण पनि हुन्छ । फल मात्र नभएर यसको पात पनि औषधिका रूपमा 
प्रयोग गरिन्छ । 
- अम्बामा प्रशस्त मात्रामा आइरन र हेमोग्लोबिन पाइन्छ । काँचो र पाकेको दुवै अवस्थाको अम्बा स्वस्थकर हुन्छ । आधा पाकेको अम्बाले पेटसम्बन्धी रोगका लागि फाइदा पु-याउँछ । पाकेको अम्बाले तागत बढाउनसमेत मद्दत गर्छ । 
- त्यसैगरी, पेट सफा गर्न, दाँतलाई बलियो बनाउन र भोक जगाउन अम्बा सेवन गर्दा हुन्छ । यसमा भिटामिनको मात्रा पनि प्रशस्त हुने भएकाले रोगसँग लड्ने क्षमता बढाउ“छ । 
- दम, खोकी र ग्यास्ट्रिक हुँदा यसको सेवन गरिन्छ । पेटमा चुर्ना परेका वेला, टन्सिल हुँदा यसको पात र बोक्राको प्रयोगले फाइदा गर्छ । साथै, आउँ, रगतमासी हुँदा पनि यसको सेवनले निको पार्छ ।
- झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ ।
- मधुमेहका रोगीलाई अम्बाको पातबाट बनेको चिया फाइदाजनक हुन्छ । यसले रगतमा चिनीको मात्रा कम गराउँछ । अम्बाको पातले कार्बोहाइड्रेटमा पाइने स्टार्च चिनीमा बदलिने प्रक्रियालाई रोक्ने हुँदा तौल घटाउन मद्दत गर्छ । 
- यसले सेवनले पाचन प्रणालीमा सहयोग पुग्छ । डाइजेस्टिक इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्छ । अम्बाको पातको रस पिउ“दा कपाल बलियो हुनुका साथै छाला नरम बनाउँछ । 
- अम्बाको पातमा एन्टिसेप्टिक गुण पाइने हुनाले त्यसलाई पिसेर लगाएमा डन्डिफोर हट्छ ।