मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १ शनिबार ११:१५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाका कारण कांग्रेस उपसभापति विजयकुमार गच्छदारकी श्रीमतीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १ शनिबार ११:१५:००

पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको शनिबार बिहान ४:४५ बजे निधन भएको गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले जानकारी दिए ।

लामो समयदेखि कलेजोको बिरामीसमेत रहेकी उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचारपछि नेपाल फर्काइएको थियो । त्यसयता नर्भिकमै उपचाररत उनलाई दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।