मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ३१ शुक्रबार १७:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 पार्टीको मोडालिटीबारे टुंगो लागिसकेको छैन : नेता नेपाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ३१ शुक्रबार १७:४७:००

पछिल्लो समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग सघन छलफलमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले  आफ्ना अडानमा ओली सहमत भए पनि पार्टीको मोडालिटीबारे टुंगो लागिनसकेको बताएका छन् । 
नेता नेपालले पार्टी एकताका लागि आफूहरू पुरानै अडानमा यथावत् रहेको बताएका छन् । 

उनले  ०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुर्‍याउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफूहरूको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिए । उनले भने, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुर्‍याउने हाम्रो बटमलाइन थियो । त्यसमा हाम्रो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सहमत हुनुभएको छ । पार्टी मोडालिटीबारे छलफल गर्ने भन्नुभएको छ । त्यसमा पनि केही स्पष्टताहरूको आवश्यकता पर्ला । छलफल गरेर टुंग्याउनेछौँ ।’

अध्यक्ष ओलीले मनोमानी ढंगले पार्टी चलाएको, संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै खरो विरोधमा उत्रिएकाे नेपाल समूहले ओली सरकारविरुद्ध बन्न लागेको संयुक्त सरकार गठन प्रक्रियालाई सघाइरहेको थियो ।

नेता नेपाल–खनाल समूहका सांसदहरू प्रधानमन्त्रीले विश्वासको मत लिने वैशाख २७ गतेको दिन प्रतिनिधिसभाको बैठकमा पनि अनुपस्थित भएका थिए । तर, संयुक्त सरकार गठनका लागि दिइएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेता नेपालबीच नाटकीय ढंगमा सहमति भएको थियो । सोही सहमतिअनुसार नेपाल–खनाल पक्षले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भएपछि संसदमा ठूलो दलको हैसियतले शुक्रबार प्रधानमन्त्रीमा पुनः ओली नै नियुक्त भएका हुन् ।