Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ बैशाख ३१ शुक्रबार १६:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका ४५ जिल्लाका क्रियाशीलको नामावली सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नाम  

Read Time : > 1 मिनेट
२०७८ बैशाख ३१ शुक्रबार १६:३८:००

१४औँ महाधिवेशनको तयारीमा लागेको कांग्रेसले ४५ जिल्लाको क्रियाशील सदस्यताको विवरण सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ४५ जिल्लाका ८० निर्वाचन क्षेत्रको क्रियाशीलको विवरण आफ्नो वेबसाइटमा राखेको छ । कुनै पनि उजुरी नपरेका, पूरा विवरण पठाइसकेका र विवाद नरहेका जिल्लाको विवरण उजुरी वा गुनासो गर्ने र सच्याउन सकिने गरी वेबसाइटमा सार्वजनिक गरिएको समितिका सदस्य प्रदीप पौडेलले बताए ।

 ‘अहिले सार्वजनिक भएको विवरण नयाँ र नवीकरणसमेतको विवरण हो, तर यसमा कतिपय ठाउँको नयाँ र कतिपयको नवीकरण मात्रैको विवरण पनि रहेको छ, त्यो भनेको जहाँ उजुरी परेको छैन, त्यहाँको विवरण सार्वजनिक भएको हो,’ पौडेलले भने, ‘उजुरी परेका ठाउँहरूको पछि सार्वजनिक गरिनेछ ।’ कांग्रेसले यसपटक सफ्टवेयरमार्फत क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्न सकिने व्यवस्था गरेको थियो ।

त्यसअनुसार ७४ जिल्लाबाट साढे सात लाखभन्दा धेरैको नाम र विवरण सफ्टवेयरमा इन्ट्री भइसकेको छ । अहिले सार्वजनिक भएकामा अन्य पार्टीबाट समायोजन भएर आएकाहरूको विवरण संलग्न छैन । सिन्धुपाल्चोक, सप्तरी, बारा र सोलुखुम्बुले भने अहिले पनि विवरण बुझाइसकेका छैनन् । केन्द्रीय समितिले नै ती जिल्लालाई वैशाख मसान्तसम्म विवरण बुझाइसक्न निर्देशन दिएको थियो । 

कांग्रेसले अहिले प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा र उदयपुरको नवीकरण र नयाँ दुवै क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ । तर, मोरङ, सुनसरी र धनकुटाको भने सार्वजनिक भएको छैन । प्रदेश २ का कुनै पनि जिल्लाको क्रियाशीलको काम टुंगिएको छैन । बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, मकवानपुर र चितवनको क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएको छ । गण्डकी प्रदेशका गोरखा, मनाङ, लमजङ, कास्की, तनहुँ, स्याङ्जा, नवरपुर, बाग्लुङ, पर्वतको विवरण सार्वजनिक भएको छ । 

यस्तै, लुम्बिनी प्रदेशका नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुकुम पश्चिम, रोल्पा र बाँके जिल्लाको विवरण सार्वजनिक भएको छ । कर्णाली प्रदेशका सल्यान, मुगु, कालिकोट, जाजरकोट, दैलेख र हुम्लाको विवरण सार्वजनिक भएको छ । यस्तै, सुदुरपश्चिम प्रदेशका डोटी, दार्चुला र कञ्चनपुरको क्रियाशीलको विवरण सार्वजनिक गरेको कांग्रेसले जनाएको छ । 

समितिका सचिव केशव रिजालले सार्वजनिक भएको नामावलीउपर कुनै उजुरी वा गुनासा भएमा कांग्रेसले इमेल र टेलिफोनमार्फत पनि सम्पर्क गरी उजुरी वा गुनासो गर्न सकिने बताए । उनका अनुसार केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुली (९८५१०४४०६५), अर्का सचिव अधिवक्ता केशव रिजाल (९८५११२९०७८) र रामचन्द्र घिमिरे (९८५११२४१९८) लाई सम्पर्क गरेर पनि त्यस्तो गुनासो वा उजुरी गर्न सकिन्छ । 

कसरी हेर्ने क्रियाशील सदस्यको विवरण ? 

  • कांग्रेसको वेबसाइट खोल्ने । 
  • वेबसाइटको होमपेजमा रहेको क्रियाशील सदस्यता भन्ने मनुमा क्लिक गर्ने । 
  • रजिस्टर गर्ने र लगइन गर्ने । 
  • त्यसपछि आफुले चाहेको वडाको क्रियाशील सदस्यताको विवरण हेर्न पाइनेछ ।