१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ३१ शुक्रबार १५:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलियो : वरिष्ठ नेता पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ३१ शुक्रबार १५:४२:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कैयौँ संशय उब्जाएको उनले बताए ।

शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड– १९ विरुद्धको खोपको दोस्राे डोज लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुकको राजनीति रहस्यमय बाटो अघि बढेको र सयौँ संशयहरू उब्जाएको बताएका हुन् । उनले  अझै पनि संसद् विघटन गर्ने प्रयत्नै  जारी  रहेको दाबी गरे । 

उनले भने, ‘झन् रहस्यमय बाटोतिर जाँदै छ । धेरै संशयका कुरा छन् । पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसद्ले पूरा आयु बाँच्न पाउँछ कि पाउँदैन । संविधानले बाँच्न पाउँछ कि पाउँदैन । जनताले बाँच्न पाउँछ कि पाउँदैन । यस्तो कोरोना छ । यो कोरोनाको बीचमा लगेर फेरि तमासाहरू हुन थाल्यो भने फेरि जनता नै बाँच्ने कुरा आउँछ । त्यसकारण जनता बाँच्ने कुराको पनि चिन्ता छ ।’