Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ३१ शुक्रबार १३:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले ४३औँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै, सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ३१ शुक्रबार १३:३०:००

प्रधानमन्त्री केपी ओलीले आज ४३औँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गर्दै छन् । संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै आज उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिने भएका हुन् । 

दिउँसो साढे २ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा ओलीले ४३औँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदै छन् । शपथ लिएसँगै उनले मन्त्रिमण्डल पनि विस्तार गर्ने तयारी गरेका छन् ।

अहिलेको मन्त्रिमण्डल सानो आकारको बन्ने उनीनिकट स्रोतले जानकारी दिएको छ । आफूसँग चोइटिएको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षकालाई पनि मन्त्रिमण्डलमा समेटेर लैजाने ओलीकाे तयारी छ । तर, नेपाल पक्ष भने सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्न   बैठक बसिरहेको छ ।