Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख ३१ शुक्रबार १२:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतबाट पाँच सय  सिलिन्डर लिक्विड ग्यास रुपन्देही आइपुग्यो

Read Time : < 1 मिनेट
२०७८ बैशाख ३१ शुक्रबार १२:१२:००

रुपन्देहीको छिपागढमा रहेको शंकर ग्यास उद्याेगले शुक्रबार भारतबाट लिक्विड ग्यास आयात गरेको छ । जिल्लामा बढ्दो अक्सिजन ग्यासको मागलाई धान्न नसकेपछि उद्याेगले भारतबाट लिक्विड ग्यास आयात गरेको हो । 

शुक्रबार आयात गरिएको ग्यास पाँच सय सिलिन्डर रहेको छ । शुक्रबार बिहान भैरहवा भन्सार कार्यालयमा आवश्यक कागजात प्रक्रिया पूरा गरी अक्सिजन उद्याेसम्म पुर्‍याएको भैरहवा भन्सार कार्यालयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक तेजबहादुर खत्रीले बताए । 

प्रहरी निरीक्षक खत्रीलाई समग्र जिल्लाको अक्सिजनको अवस्था हेर्नका लागि जिम्मेवारी दिइएको छ । उद्याेगले दैनिक पाँच सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको थियो । रुपन्देहीमा रहेका पाँचवटा कोभिड अस्पतालले दैनिक दुई हजार एक सय ५० भन्दा बढी सिलिन्डर अक्सिजन माग गर्ने गरेकोमा उत्पादन भने ११ सय सिलिन्डर रहेको जिल्ला जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले जानकारी दिए । माग धेरै बढेकाले रुपन्देहीमा गत सातादेखप अक्सिजन अभाव हुँदै आएको छ ।

यस्तो विषम परिस्थितिमा युनिभर्सल मेडिकल कलेजले आफ्नो अस्पतालका लागि पोखरा, चितवन र वीरगन्जबाट अक्सिजन आयात गरेर अस्पताल सञ्चालन गर्दै आएको थियो भने अन्य अस्पतालहरूले रुपन्देहीमा रहेका तीनवटा उद्याेगमा उत्पादन भएका ग्यासबाट काम गर्दै आएका थिए । केही दिनअगाडि अक्सिजन अभाव भएपछि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले समन्वय गरेर हेलिकोप्टरमा ४० सिलिन्डर ग्यास चितवन र सिमराबाट नेपाली सेनाको हेलिकाेप्टरमार्फत रुपन्देही ल्याइएको थियो ।