मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ३१ शुक्रबार ०७:०८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

धेरै गुलियो खानेलाई  कोलोरेक्टल क्यान्सरको  जोखिम : अध्ययन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ३१ शुक्रबार ०७:०८:००

तपाईंलाई धेरै गुलियो परिकार खान मन लाग्छ ? यदि यस्तो हो भने यस किसिमको बानीव्यवहारले भविष्यमा ठूलो रोग निम्त्याउने जोखिम बढाउँछ । विशेषत महिलाले गुलियो धेरै खाँदा ५० वर्षअघि नै कोलोरेक्टल (मलासय) क्यान्सर हुन सक्ने सम्भावना धेरै रहने विभिन्न अध्ययनले देखाएको छ । 

वासिंटन विश्वविद्यालय अफ स्कुल मेडिसिनले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार धेरै गुलियो मन पराउने महिलामा छिटै कोलोरेक्टल क्यान्सर देखिएको छ । विश्वविद्यालयले दुई दशक लगाएर गरेको अनुसन्धान रिपोर्टमा यस्तो देखिएको हो ।

विश्व विद्यालयका शोधकर्ताहरूले कोलोरेक्टल क्यान्सरसम्बन्धी एउटा मेडिकल जर्नलमा आर्टिकल प्रकाशित गरेका छन् । ‘अ क्यान्सर जर्नल क्लिनिकल्स’ शीर्षकमा आर्टिकल प्रकाशित भएको छ । आर्टिकलअनुसार अमेरिकामा एक लाख ५० हजारजना माथि अनुसन्धान भएको थियो । जसमध्ये ५३ हजार दुई सय महिलामा कोलोरेक्टल क्यान्सर भएको शोधकर्ताहरूले जनाएका छन् । 

कोलोरेक्टल क्यान्सरका कारण विश्वमा प्रतिवर्ष तीन हजार ६ सय ४० जनाको निधन हुने गरेको छ । अनुसन्धानकर्ताहरूले १३ देखि १८ वर्ष उमेरका महिला अत्यधिक चिनी मिसाएको ड्रिंग्स लिन रुचाउँछन् । यो उमेरका ३२ प्रतिशत महिलामा कोलोरेक्टल क्यान्सर हुने सम्भावना रहेको उल्लेख छ । कोल्डड्रिंग्सलगायत अन्य गुलियो वस्तु प्रत्येक देशमा अत्यधिक बिक्री हुन्छ । देशले आर्थिक रूपमा फाइदा लिए पनि पुरुष तथा महिला डरलाग्दो रोगको सिकार हुन बाध्य भइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । 

शोधकर्ताहरूले गुलियो नभएको कफी र कम फ्याट भएको दूध खान सुझाब दिएका छन् । यसैबीच जर्नल गट लिंक्समा प्रकाशित एक रिसर्चअनुसार ९५ हजार चार सय ६४ महिलाबीच पनि कोलोरेक्टल क्यान्सरसम्बन्धी अनुसन्धान भएको छ । २५ देखि ४२ वर्ष समूहमा भएको अनुसन्धानमा मीठो पदार्थ खाँदा नै कोलोरेक्टल क्यान्सर हुनुको कारण देखिएको छ । विश्व विद्यालयका एसोसिएट प्राध्यापक डाक्टर यिन कालोले सुगर ड्रिंग्सको स्थानमा लो फ्याट भएको पदार्थ खान सुझाब दिएका छन् ।