१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ३० बिहीबार १८:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजीनामा दुईचार दिनलाई टर्‍यो : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ३० बिहीबार १८:३३:००

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् । 

अध्यक्ष केपी ओलीसँग बुढानीलकण्ठमा भएको छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग नेपालले भने, ‘राजीनामा दुईचार दिनलाई ट¥यो ।’

छलफल जारी राख्ने गरी बाहिरिएको उनले बताए । उनले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने,  सर्वोच्चको फैसलाबमोजिम जेठ २ को अवस्थामा पार्टीका सबै कमिटीलाई पुराउने र पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने, छलफल जारी राख्ने कुरा भएको छ । कुरा जारी छ । राजीनामा दुईचार दिनलाई ट¥यो, मिल्ने दिशामा अगाडि बढ्न खोजेका छौँ ।’

ओलीले स्थायी कमिटी बैठक राखेर नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेपछि ओली र नेपालबीच छलफल भएको हो । 

नेपालले पार्टीभित्रको आन्तरिक विवाद मिल्ने दिशामा अगाडि बढेको बताए । सञ्चार उद्यमी रामेश्वर थापाको चपलीस्थित निवासमा भएको करिब चार घन्टााको छलफलमा कार्यदल बनाउने समझदारी जुटेको छ । 

उनले छलफल सकारात्मक दिशामै अगाडि बढेकाले दुईचार दिनका लागि सामूहिक राजीनामाको सम्भावना टरेको र सहमतिको आधारमै सबै विषय टुंगो लगाउने प्रयास गरिने पनि प्रस्ट्याए ।