मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ १४ शुक्रबार
  • Friday, 28 May, 2021
२०७८ बैशाख ३० बिहीबार १४:३०:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट बाग्लुङमा माओवादीका एक नेतासहित एकै दिन तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ बैशाख ३० बिहीबार १४:३०:००

कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट बाग्लुङमा बिहीबार एकै दिन तीनजनाको मृत्यु भएको छ । धौलागिरि अस्पताल बाग्लुङ उपचाररत नेकपा माओवादी केन्द्रका एक नेतासहित तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ढोरपाटन नेगरपालिका– ९ का ५७ वर्षीय नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका शेरमान घर्ती रहेका छन् ।

त्यसैगरी, अस्पतालमै उपचाररत गल्कोट नगरपालिकाका– २ का ५२ वर्षीय पुरुष र बाग्लुङ नगरपालिका– ४ बस्ने ७७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड– १९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । गल्कोटका ५२ वर्षीय पुरुष वैशाख २२ गते अस्पताल आएका थिए भने ७७ वर्षीय वृद्ध भने मंगलबार मात्रै अस्पताल भर्ना भएका थिए । 

कोरोना संक्रमित भई गत वैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत घर्ती नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय नेता हुन् । ढोरपाटन नगरपालिकाको मेयरमा पराजित भएका घर्तीले गत वर्ष भएको बाग्लुङ क्षेत्र नम्बर २ ख को उपनिर्वाचनमा पनि गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी दिएका थिए । तर, अन्तिम समयमा अहिले गण्डकी प्रदेश सभा सदस्य रहेर चर्चामा रहेका राजमोका खिमविक्रम शाहीलाई समर्थन जनाएर उम्मेदवारी फिर्ता लिएका थिए । 

घर्ती तत्कालीन बोबाङ गाविसको वडाध्यक्ष हुन् भने जिल्लाको पश्चिम क्षेत्रका धेरै पुराना नेता हुन् ।उनी जिल्लामा रहेका विभिन्न सामाजिक संघसंस्थामा पनि क्रियाशील रहेका छन् । जिल्लामा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या २० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।