मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ३० बिहीबार १४:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भेरोसेल खोपको दोस्राे डोजका लागि सबै वडामा खोप केन्द्र तोक्ने तयारीमा महानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ३० बिहीबार १४:२३:००

काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्राे डोज लगाउन सबै वडामा खोप केन्द्र तोक्ने भएको छ ।पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरू व्यवस्थित नहुँदा सर्वसाधारणको भिड अत्यधिक भएको र खोप केन्द्रहरूमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोस्राे डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो ।

सबै वडामा खोप केन्द्र स्थापना हुने भएपछि भिडभाड कम हुनुको साथै जनस्वास्थ्यका मापदण्ड पालना तथा कार्यान्वयनमा पनि सहज हुने र सर्वसाधारण नागरिकले पनि खोप लगाउनकै लागि हिँडेर टाढा जानु नपर्ने भएको छ । काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरिबहादुर कुँवरले जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णयअनुसार भेरोसेलको दोस्राे डोज लगाउने कामका लागि महानगरका सबै वडामा खोप केन्द्र स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार महानगरले ०७७ चैत २५ गतेदेखि २०७८ वैशाख १५ गतेसम्म १८ वर्षदेखि ५९ वर्षभित्रकाले लगाएको भेरोसेल खोपको दोस्राे डोजका जेठ २ गतेदेखि काठमाडाैंको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो । काठमाडाैं महानगरपालिकाभित्र भेरोसेल खोपको पहिलो डोज लगाएकाहरू एक लाख २५ हजार भए पनि टोखा र बुढानीलकण्ठ नगरपालिकाको पनि आउन सक्ने सम्भावनालाई मध्यनजर गरी एक लाख ५० हजारलाई लगाउने गरी तयारी गरिएको उनले जानकारी दिए । 

उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ०७८ वैशाख २२ गतेको निर्णयअनुसार काठमाडाैंमा ०७७ चैत २५ गतेदेखि ०७८ वैशाख १५ गतेसम्म १८ वर्षदेखि ५९ वर्षभित्रकाले लगाएको भेरोसेल खोपको दोस्राे डोजका लागि ०७८ जेठ २ गतेदेखि काठमाडौंको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेका छौँ । जनस्वास्थ्यका मापदण्ड पूरा गरेर दोस्राे डोजको खोप सञ्चालनका लागि तयारी भइरहेको छ ।’

काठमाडाैं महानगरपालिकाभित्र एक लाख २५ हजारजतिको तथ्यांक आएको छ । टोखा र बुढानीलकण्ठको पनि गरेर एक लाख ५० हजारलाई लगाउने गरी तयारी  काठमाडौं उपत्यकाका तीन जिल्लाका एक लाख ५९ हजार जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् ।