१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सोनी राई सोलुखुम्बु
२०७८ बैशाख ३० बिहीबार १२:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीकोे मृत्यु

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७८ बैशाख ३० बिहीबार १२:५२:००

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । स्विट्जरल्यान्डका आरोही अब्दुल वाहिड वारैच र अमेरिकी आरोही लिउ पुवेईको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको सगरमाथा आधार शिविरका  सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि गएका थिए । 

स्विट्जरल्यान्डका वारैच समिट गरेर साउथमा आएर बसेका थिए । त्यहाँबाट उठेर हिँड्न नसकेका उनको बसेकै ठाउँमा मृत्यु भएको हो । त्यहाँ शेर्पा पठाउँदासमेत जान नसकेको श्रेष्ठले बताए ।

अमेरिकन आरोहीको हिलारी स्टेप पुगेपछि स्नोब्लाइन्ड भएको र क्याम्प ४ मा ल्याउँदै गर्दा मृत्यु भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।