मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ फाल्गुण ५ आइतबार २१:०१:००
Read Time : < 1 मिनेट
समाचार

बरामद भएका पुरातात्विक सम्पदाको प्रदर्शनी सुरु  

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण ५ आइतबार २१:०१:००

गत बुधबारदेखि ८० औँ स्थापना दिवसका अवसर पारेर राष्ट्रिय संग्रालयले बरामद भएका पुरातात्विक महत्वका वस्तुहरुको प्रदर्शनी सुरु गरेको छ । प्रदर्शनी फागुन १ गतेदेखि आगमी वैशाखसम्म संचालन हुने राष्ट्रिय संग्रालय प्रमुख जयराम श्रेष्ठले जानकारी दिए । 

प्रदर्शनीको उद्देश्य चोरी भएका सम्पदालाई स्वामित्व ग्रहण गर्ने ठाउँमा फिर्ता गर्न सकिने सन्देश दिनु रहेको संग्रालय अधिकृत यमुना महर्जनले बताइन । उनले भनिन्  “१९७० को दशकमा चोरी भएर विदेश पुर्‍याएका सम्पदा फिर्ता ल्याउन पनि मिल्छ, फिर्ता ल्याउने काम हुँदाे रैछ भन्ने सन्देश दिन प्रदर्शनी आयोजना गरिएको हो ।”

सन् १९७० मा नेपालले सम्पदा संरक्षणसम्बन्धि युनेस्कोको अभिसन्धिमा सहभागी भएपछि चोरी भई विदेश पुर्‍याइएका ऐतिहासिक सम्पदा फिर्ता हुने क्रम सुरु भएको हो । त्यसबेला नेपाल ‘मिन्स अफ प्रिभेन्टिङ एण्ड द इलिसिट इम्पोर्ट एण्ड ट्रान्सफर अफ ओनरसिप अफ कल्चरल प्रोप्रटी’ अभिसन्धिमा नेपाल सहभागी भएको थियो ।

कस्ता सम्पदा प्रदर्शनीमा छन्

प्रदर्शनीमा बेलायत, अमेरिका, युरोपबाट फिर्ता ल्याइएका आठ ओटा मूर्ति र स्वदेशमै बरामद भएका गरी ३७ वटा ऐतिहासिक सम्पदा राखिएकाे छ । काठ, तामा, ढुंगा, ताडपत्र (पातमा लेखिएको), सुन र तामाले बनेकाे मुर्ति, कलात्मक झ्याल, सिंहासन र परपरागत ढोकालगायतका ऐतिहासिक सम्पदा प्रदर्शनीमा छ । त्यसैगरी, प्रदर्शनीमा विष्णु, शिव, पार्वतीलगायत देवीदेवतका ७–२० औँ शताब्दीका मुर्तिहरु राखिएको छ ।