१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
 सियाओ बिर्न
२०७५ पौष ५ बिहीबार ०७:१८:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

चीन–पाकिस्तान–अफगानिस्तान सहकाय 

Read Time : > 1 मिनेट
 सियाओ बिर्न
२०७५ पौष ५ बिहीबार ०७:१८:००

त्रिदेशीय साझा चासोको मुद्दा भएकाले अफगान शान्ति–प्रक्रियाका लागि सहकार्यको मोडलले महत्वपूर्ण भूमिका खेल्नेछ

१५ डिसेम्बरमा अफगानिस्तानको काबुलमा चीन–पाकिस्तान–अफगानिस्तान मन्त्रीस्तरीय त्रिपक्षीय वार्ता सम्पन्न भयो । वार्तामा चिनियाँ राज्य काउन्सिलर तथा विदेशमन्त्री वाङ यी, अफगानी विदेशमन्त्री सलाहुद्दिन रब्बानी र पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसी सरिक थिए । रणनीतिक संवाद, आतंकवादविरुद्ध तथा व्यावहारिक सहयकार्यसम्बन्धी मुद्दामा त्रिपक्षीय वार्ता केन्द्रित रह्यो । 

यी मुद्दामा संयुक्त प्रयास गर्न तीन देशले ‘तीन–जोड–एक’ सहकार्य मोडल अपनाएका छन्, जसमा चीन, पाकिस्तान र अफगानिस्तान एउटा पक्ष र अन्य मुलुक तथा अन्तर्राष्ट्रिय संगठन अर्को पक्षमा रहेका छन् । मे २०१७ मा तीन–जोड–एक सहकार्य मोडल अभ्यासमा आएको थियो । चीन, पाकिस्तान र अफागानिस्तानको साझा चासोको मुद्दा भएकाले अफगानिस्तानको शान्ति–प्रक्रियाका लागि यो सहकार्यको मोडलले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अफगानिस्ताको शान्ति–प्रक्रियाका लागि भएका अन्य संयन्त्रभन्दा यो सहकार्यको मोडल निकै प्रभावकारी हुनेमा दुईमत छैन । 

सर्वप्रथमतः चीन संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य हो । चीन आफैँमा अफगानिस्तान र पाकिस्तानको छिमेकी मुलुक हुनु र विश्वमा शान्ति तथा सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको निकायको स्थायी सदस्य भएको नाताले चीनले आफगान शान्ति–प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्न सक्छ । चीनको प्रभावका कारण अफगानिस्तानको मुद्दाले संयुक्त राष्ट्रसंघको अझ बढी चासो र सहयोग प्राप्त गर्नेछ ।

दोस्रो, यस मोडेलले सांघाई सहयोग संगठन (एससिओ) लाई पनि अफगानिस्तानको मुद्दा सुल्झाउन अझ बढी प्रभावकारी नीति बनाउन आग्रह गर्न सक्छ । चीन र पाकिस्तान एससिओका पूर्ण सदस्य हुन् भने अफगानिस्तान पर्यवेक्षकको भूमिकामा छ । यसकारण एससिओभित्र अफगानिस्तानको मुद्दाले बहसको ठाउँ पाउन सजिलो छ ।

गत मे महिनामा सम्पन्न एससिओको १३औँ बैठकले पनि एससिओ क्षेत्रको स्थायित्वका लागि अफगान शान्ति–प्रक्रिया टुंगोमा पुग्न जरुरी भएको महसुस गरेको हुनुपर्छ । अफगानिस्तानको आर्थिक विकास र स्थिरतालाई ध्यानमा राखेर उसका मुद्दालाई राजनीतिक तवरबाट समाधान गर्न बैठकले अन्तर्राष्ट्रिय समुदायलाई आग्रहसमेत गरेको थियो ।

तेस्रो, तीन–जोड–एक सहकार्य मोडलले अफगानिस्तानको विकासका लागि उचित वातावरण सिर्जना गर्न मद्दत गर्नेछ । कुनै पनि देशको दीर्घकालीन शान्तिका लागि विकास अपरिहार्य सर्त हो । यद्यपि, विश्व बैंकको तथ्यांकअनुसार सन् २०१६–१७ मा अफगानिस्तानको खाद्य असुरक्षा ४५ प्रतिशत पुगेको थियो । साथै, देशको ८० प्रतिशत रोजगारी असुरक्षित छ । 

मन्त्रीस्तरीय त्रिपक्षीय वार्तामा पनि तीनै देशका मन्त्रीले अफगानिस्तानको शान्ति–प्रक्रिया, स्थायित्व र विकासका लागि प्रतिबद्धता जाहेर गरेका छन् । तीन–जोड–एक सहयकार्य मोडलको अग्रणी सदस्य भएका नाताले चीनले पूर्ण सहयोग जारी राख्नेछ । अर्कातर्फ, आफगान मुद्दा चीन र अमेरिका दुुवैको साझा चासोको विषय भएकाले यसका लागि चीनले खेलेको भूमिका चीन–अमेरिका सम्बन्ध सहज बनाउनसमेत महत्वपूर्ण हुनेछ । 

(लेखक सांघाई सहयोग संगठन अनुसन्धान केन्द्रका उपमहामन्त्री हुन्)  ग्लोबल टाइम्सबाट