मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ बैशाख २४ शुक्रबार १५:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभा चिचिलाका अध्यक्षले प्रयोग गर्दै आएको गाडीलाई बनाइयो एम्बुलेन्स

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ बैशाख २४ शुक्रबार १५:४३:००

संखुवासभाको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले आफैँले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाएका छन् । अन्य सवारीसाधन नभएपछि गाउँपालिका अध्यक्ष शेर्पा आफैँले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने गर्ने निर्णय गरेका हुन् ।

विश्वभर दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणदर बढिरहेको अवस्थामा प्रसूतिलगायतका अन्य सेवाग्राहीलाई एम्बुलेन्सको अभाव नहोस् भनेर आफूले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।

उनले यातायात साधनको अभावमा प्रसूतिलगायत जटिल रोगका बिरामीलाई समयमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको बताए । चिचिला गाउँपालिकाको स्वामित्वमा एउटा एम्बुलेन्स  छ । उक्त एम्बुलेन्सले कोरोना संक्रमित तथा शंकास्पद व्यक्तिहरूलाई मात्रै बोक्ने गरेको छ ।

सोही एम्बुलेन्सबाट अन्य मानिसलाई समेत सेवा दिँदा असुरक्षित हुने डरले अध्यक्षले प्रयोग गर्ने गाडीलाई नै एम्बुलेन्सको रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको गाउँपालिकाको भनाइ छ । चिचिला गाउँपालिकाले यसअघिको गाउँसभाबाट गर्भवती र प्रसूतिहरूलाई निःशुल्क रूपमा एम्बुलेन्स सेवा दिँदै आएको छ ।