१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १४:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको संगठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ता जनतामुखी हुनुपर्छ : बादल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १४:४२:००

गृहमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा बादलले नेकपा (एमाले)को संगठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताहरूले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेर फर्किने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री बादलले संविधानको दिगो संवर्द्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताए 

उनले संघीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत–साधन परिचालन गरी कोभिड– १९ को संक्रमित बिरामीलाई उपचार सेवा पुर्‍याउनेतर्फ एक मात्र लक्ष्य राख्नुपर्ने बताए ।