मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सोनी राई सोलुखुम्बु
२०७८ बैशाख २४ शुक्रबार १३:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुका आठवटा स्थानीय तहमध्ये ६ स्थानीय तहमा छैन अक्सिजन सिलिन्डर

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७८ बैशाख २४ शुक्रबार १३:४६:००

आठवटा स्थानीय  तह रहेको सोलुखुम्बुका ६ स्थानीय तह अक्सिजन सिलिन्डरविहीन रहेको पाइएको छ । कोरोनाको दोस्रो लहरका कारण देशमा दैनिक दर्जनौँ मानिसले अक्सिजन अभावमा ज्यान गुमाइरहेको अवस्थामा जिल्लाका स्थानीय तह भने अक्सिजन सिलिन्डरविहीन रहेको पाइएको हो । 

अधिकांश स्थानीय तहमा अक्सिजन कन्सन्ट्रेटर रहेको भए पनि अक्सिजन सिलिन्डर भने छैन । सोलुदुधकुण्ड नगरपालिकाको बेनी स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेटर भए पनि नगरपालिकामातहतका स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर नभएको स्वास्थ्य शाखा संयोजक चमर मगरले बताए । 

खुम्बु पासाङल्हामु गाउँपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर छ, तर अक्सिजन सिलिन्डर भने नभएको स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले बताइन् । त्यस्तै, नेचासल्यान गाउँपालिका, लिखुपिके गाउँपालिका, माप्य दुधकोसी गाउँपालिकामा पनि अक्सिजन कन्सन्ट्रेटर रहेको पाइयो, तर सिलिन्डर नभएको पाइएको छ । 

जिल्लाको सोताङ गाउँपालिकामा भने दुई वडा अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य शाखा संयोजक श्रीध्वज राईले बताए । त्यस्तै महाकुलुङ गाउँपालिकामा चारवटा अक्सिजनका खाली सिलिन्डर रहेका छन् । जिल्ला अस्पताल फाप्लुमा १० वटा अक्सिजनसहितको सिलिन्डर रहेको बुझिएको छ ।