मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार ११:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेका लागि हामी वार्ता र लचकता दुवै अपनाउन तयार छाैँ : नेता नेपाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार ११:४३:००

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेका लागि वार्ता र लचकता दुवै अपनाउन सक्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको हुनाले वार्ता र लचकता दुवै अपनाउन तयार भएको बताएका हुन् ।

उनले आफूहरूले निर्माण गरेको एमालेका लागि २०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णय फिर्ता लिए लचक बन्न तयार रहेको बताएका हुन् । उनले लेखेका छन्,  ‘वार्ता र लचकता दुवै अपनाउँछौँ, तर सहमति भइसकेको छैन ! हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौँ किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौँ, तर अहिलेसम्म कुनै सहमति भएको छैन । ०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौँ ।’