Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकद्वारा ६१ लाख रुपैयाँ बिमा दाबी भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार ०६:०५:००

एनएमबि बैंकले विभिन्न खाताहरूमा दुर्घटना र गम्भीर रोगहरूविरुद्घ प्रदान गरिने बिमा दाबी भुक्तानी दुर्घटना हुनासाथ र रोग पत्ता लाग्नासाथ प्रदान गरेको छ । बैंकले सहारा बचत खाताअन्तर्गत देशैभरिबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख ३ हजार रुपैयाँ बिमा दाबी भुक्तानी भइसकेको हो । 

बैंकले उक्त भुक्तानी इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्समार्फत गरेको जनाएको छ । बैंकको तलब खाता योजनामा शून्य मौज्दातमै नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्डका साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

सहारा खाता योजनामा नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्ड, १० लाख रुपैयाँसम्मको दुर्घटना बिमाका साथै १८ घातक रोगहरूमा स्वास्थ्य उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको जनाइएको छ ।