१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार ०९:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा करेक्सन कायमै, १२ अंकले घट्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार ०९:१८:००

सेयर बजारमा करेक्सन अझै कायमै रहेको छ । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव १३ बिन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ७७ बिन्दुले घटेर ४ सय ७३ दशमलव ०४ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ समूहमध्ये ३ समूहको सूचक मात्र सकारात्मक रहेको छ भने बाँकी रहेका १० समूहकोे सूचक नकारात्मक रहेको छ । सबैभन्दा बढी घट्नेमा हाइड्रोपावर समूह रहेको छ । त्यस्तै, सबैभन्दा बढ्ने समूहको सूचकमा बैंकिङ समूह रहेको छ ।

८ कम्पनीको सकारात्मक सर्किट
बिहीबार ८ कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतले सर्किट लागेको छ । जनउत्थान लघुवित्त, खानी खोला हाइड्रोपावर, महिला लघुवित्त, समता घरेलु लघुवित्त, रुरु जलविद्युत् परियोजना, युनियन हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर र लक्ष्मी बैंकका लगानीकर्ताले यस दिन सबैभन्दा धेरै नाफा कमाउन सफल भएका छन् ।

बिहीबार जनउत्थान लघुवित्तको त्रैमासिक वित्तीय विवरणमा संस्था नाफामा गएको विवरण सार्वजनिक भएपछि यसका लगानीकर्ता थप उत्साहित भएका छन् । जसका कारण संस्थामा लगानी बढाएका हुन् । यस दिन यसको प्रतिसेयर मूल्य ३ हजार ९ सय ७२ रुपैयाँ पुगेको छ भने महिला लघुवित्त संस्थाको प्रतिसेयर मूल्य ५ हजार ३० रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै घट्नेमा विशाल बजार कम्पनी रहेको छ । धितोपत्र बोर्डले अघिल्लो हप्ताबाट फुकुवा गरेसँगै कम्पनीको लगातार सर्किट मूल्यमा कारोबार हुँदै आएकोमा बिहीबार १० प्रतिशतले घटेर ६ हजार ७ सय १६ रुपैयाँमा आइपुगेको छ । त्यस्तै, अघिल्लो हप्ताबाट दोस्रो कारोबारमा सर्किट मूल्यमै बढेर रहेर कारोबार हुँदै आएको सिंगटी हाइड्रो इजर्नीको ९ दशमलव ७ प्रतिशतले घटेको छ । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १६ कम्पनीका १ करोड ५९ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ६ अर्ब ७९ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट रहेको छ । कम्पनीको सो दिन ४६ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुनेमा नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक रहेको छ । बैंकको ४२ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।