Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ बैशाख २३ बिहीबार १७:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ जिल्लाभर शुक्रबार रातिदेखि निषेधाज्ञा  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ बैशाख २३ बिहीबार १७:२३:००

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मोरङमा शुक्रबार रातिदेखि एक हप्ता निषेधाज्ञा घोषणा भएको छ । बिहीबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले शुक्रबार राति १२ बजदेखि १ जेठको रातिसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने घोषणा गरेको हो ।

यसअघि मोरङको विराटनगर महानगरपालिका र आसपासका बुढीगंगा, कटहरी र जहदा गाउँपालिकामा मात्र १८ वैशाख रातिदेखि २४ वैशाखसम्म निषेधाज्ञा जारी गरेको थियो ।  

नेपाल–भारत सीमा क्षेत्रमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न थप एक साता जिल्लाभरि निषेधाज्ञा जारी गर्नुपरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।  

निषेधाज्ञाको समयमा हरेक दिन बिहान १० बजेसम्म अत्यावश्यक उपभोग्य वस्तुका पसलहरू मात्र खोल्न अनुमति दिएको छ ।  

निषेधाज्ञा उल्लंघन गर्नेहरूलाई संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही  गर्दै आएको छ ।