मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख २२ बुधबार १९:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखामा बुधबार राति १२ बजेबाट निषेधाज्ञा 

Read Time : < 1 मिनेट
२०७८ बैशाख २२ बुधबार १९:२८:००

कोरोना संक्रमण तीव्र भएसँगै दोलखामा बुधबार राति १२ बजेदेखि लागू हुने गरी १० दिनका लागि निशेधाज्ञा घोषणा गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बैठकले १० दिन निशेधाज्ञा लागू गर्ने निर्णय गरेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए ।
 
तिवारीका अनुसार १ जेठसम्म सवारीसाधन, पसल, व्यवसाय, उद्योग कलकारखाना बन्द गरिएको छ । खाद्यान्न र किराना पसललाई बिहान दुई घन्टा खोल्न दिइने आदेशमा उल्लेख छ ।