मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक भट्ट रामेछाप
२०७८ बैशाख २२ बुधबार १९:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापको आइसोलेसनमा उपचाररत दुुई कोरोना संक्रमित गम्भीर भएपछि काठमाडौं पठाइयो

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ बैशाख २२ बुधबार १९:०७:००

केही दिनअघि कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा भर्ना भई उपचार गरिरहेका दुुईजनाको अवस्था गम्भीर भएपछि बुधबार थप उपचारका लागि काठमाडौं पठाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएपछि एक हप्तादेखि जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत मन्थली नगरपालिकाका ६६ वर्षीय पुरुष र रामेछापका ४० वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए ।

जिल्ला अस्पताल रामेछापमा निर्माण गरिएको १८ बेड क्षमताको आइसोलेसन कक्षमा हाल सातजनाको उपचार भइरहेको थियो । उपचाररत सातजनामध्ये दुुईजनाको अवस्था जटिल बनेपछि काठमाडांै पठाइएको र हाल पाँच सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

दोस्रो लहरको कोरोनाको जोखिम बढेसँगै कोरोना सक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भएको छ । अहिले मन्थली नगरपालिकामा १८, रामेछाप नगरपालिकामा एक, खाँडादेवी गाउँपालिकामा तीन, गोकुुलगंगा गाउँपालिकामा नौ, दोरम्बा गाउँपालिकामा दुई र लिखुु तामाकोसी गाउँपालिकामा सात गरी ४७ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा बसेका छन् । गाउँपालिकाहरूले लाखौँ खर्च गरेर आइसोलेसन कक्ष निर्माण गरे पनि अधिकांश आइसोलेसन कक्ष खाली छन् । जिल्लाभर हाल एक सय १६ बेड क्षमताको आइसोलसन कक्ष निर्माण भएको छ ।