मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपक भट्ट रामेछाप
२०७८ बैशाख २२ बुधबार १४:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु 

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ बैशाख २२ बुधबार १४:५०:००

लिखु तामाकोसी गाउँपालिका– ६ खिम्ती प्रहरी चौकीबाट राजमार्ग गस्तीमा निस्किएको प्रहरीको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्याक्टरले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । 

गएराति प्रहरीचौकी खिम्तीबाट राजमार्ग गस्तीमा निस्किएको प्रहरीको बा.४७प ५२१५ नम्बरको बाइकलाई विपरीत दिशाबाट आएको ना.६त २७७२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बाइकमा सवार प्रहरी हवल्दार नन्दलाल सर्दारको ज्यान गएको हो । त्यस्तै सोही मोटरसाइकलमा सवार प्रहरी नायव निरीक्षक जोखन बैठा गम्भीर घाइते भएका छन् । 

लिखु तामाकोसी गाउँपालिका– ६ खिम्तीको माथिल्लो बजारमा भएको दुर्घटनामा परी गम्भीर  घाइते भएका उनीहरूको घटनास्थलबाट उद्धार गरी मन्थलीस्थित तामाकोसी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि दुवैजनालाई नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौं पठाइएको थियो ।

उपचारका लागि पठाइएकामध्ये प्रहरी हवल्दार नन्दलाल सर्दारको अस्पताल नपुग्दै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनामा परी गम्भीर घाइते भएका प्रहरी नायव निरीक्षक जोखन बैठाको हाल नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको छ । 
घटनापछि ट्याक्टरचालक भने फरार छन् । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर चालकको खोजी गरिरहेको छ ।