१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख २२ बुधबार १०:०९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको कुलपतिमा खड्का 

Read Time : < 1 मिनेट
२०७८ बैशाख २२ बुधबार १०:०९:००

गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सूर्य खड्का ‘बिखर्ची’ नियुक्त भएका छन् । यस्तै प्रदेश सरकारले प्रतिष्ठानको अन्य पदधिकारी र सदस्य पनि नियुक्त गरेको छ । 

प्रतिष्ठानको उपकुलपति गोरे गुरुङ र सदस्यसचिवमा मनकुमार श्रेष्ठ नियुक्त भएका छन् । यसैगरी प्राज्ञसभा सदस्यहरूमा कृष्णप्रसाद पौडेल, डिलकुमारी पौडेल, देवी आचार्य र सुरेन्द्र गुरुङ नियुक्त भएका छन् । दुई वर्षअघि नै प्रदेश सरकारले प्रदेशको कला, भाषा, साहित्य, संगीत र संस्कृतिको संरक्षण एंव संवर्द्धन गर्ने उद्देश्यले प्रतिष्ठान गठन गर्ने घोषणा गरेको थियो । गत भदैमा प्रतिष्ठान स्थापनाका लागि गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन प्रदेश सभाले पारित गरेको थियो । 

प्रतिष्ठानको प्रज्ञा सभा सदस्य र पदाधिकारीका लागि प्रदेश सरकारले गत चैतमा दर्खास्त आह्वान गरेको थियो । त्यसपछि ६० जनाले दर्खास्त दिएका थिए ।पदाधिकारी एवं सदस्य छनोटका लागि प्रदेशका सामाजिक विकासमन्त्री संयोजकसँगै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र गण्डकी विश्वविद्यालयका कुलपति रहेको तीन सदस्य छनोट समिति गठन गरिएको थियो । सिफारिस समितिले ३० जनाको नाम सिफारिस गरेकोमा उनीहरूबाटै मन्त्रिपरिषद्को बैठकले कुलपतिसहितका पदाधिकारी र सदस्य नियुक्त गरेको हो ।